News Portal

  • कोरोनाको आशंकामा भक्तपुर अस्पतालले रिफर गर्यो बिरामी

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १२ चैत
    ४०९९ पटक
    भक्तपुर, १२ चैत

    विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस (कोभिड १९) संग मिल्दोजुल्दो लक्षण देखिएपछि भक्तपुर अस्पतालले एक बिरामीलाई रिफर गरेको छ । शंकास्पद बिरामीलाई बुधवार काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको हो ।

    भक्तपुर अस्पताल आएका एक पचहत्तर वर्षिय जेष्ठ नागरीकमा कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई टेकु पठाइएको अस्पताल श्रोतले भक्तपुर पोस्टसंग भन्यो । साँझ उनलाई टेकु पठाइएको हो । शंका मात्र भएकोले आत्तिन पर्ने अवस्था नरहेको बताइएको छ । अस्पतालले यसको औपचारिक जानकारी गराएको भने छैन ।

    नेपालमा हालसम्म ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पहिलो संक्रमित व्यक्ति चीन बाट फर्केका विद्यार्थी रहेका थिए । उनलाई सन्चो भैसकेको छ भने चैत पाँचमा फ्रान्सबाट काठमाडौ आएकी एक १९ वर्षिया युवती र चैत ६ गते अरबबाट आएका धादिङ्का ३३ वर्षिय एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु ढिला अस्पताल पुगेकाले थप संक्रमणको आशंका गरिएको छ । हाल उनीहरु टेकुमै उपचाररत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...