News Portal

  • क्वारेन्टाइनमा योगदान गर्दै चाँगुनारायण नगरपालिका : नगरकोट र दुवाकोट थपिंदै

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १३ चैत
    ३२४९ पटक
    भक्तपुर, १३ चैत

    चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५  विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ ।

    मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका छन् । नोभल कोरोना भाइरस (covid 19) को विश्वव्यापी महामारी र नेपालमा समेत त्यसको संक्रमण देखिएपछि यतिबेला सिंगो देश बन्दाबन्दी(lock down)को अवस्थामा छ । २ जना संक्रमित फेला परी उपचारमा रहेका र संख्या अझ बढ्न सक्ने सम्भावना भएपछि सरकारसामु थप चुनौती थपिएको छ । यस्तोमा सम्भावित बिरामी र संक्रमित बिरामीलाई राख्न चाँगुनारायणको दुवाकोट र नगरकोटमा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष बनाइने भएको छ । खरीपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र रहेका भवनहरु क्वारेन्टाइनको रुपमा प्रयोगमै रहेका छन् भने नगरकोटका होटलहरु र दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पताललाई पनि क्वारेन्टाइन र आइसोलेसनका रुपमा बिस्तार गर्न लागिएको हाे ।

    क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधवार दुवाकोट र नगरकोट पुगेर क्वारेन्टाइन र आइसोलेसन कक्षको स्थलगत अवलोकनसमेत गरेका छन् । उक्त अवसरमा चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

    मन्त्री भट्टराईको टोलीसंग नगरकोटका होटल व्यवसायीहरुले आफ्नो होटललाई क्वारेन्टाइन बनाउन सरकारलाई दिने प्रतिवद्धता प्रकट गरेका थिए । नगरकोटका २ हजार बेड मध्ये पहिलो चरणमा पाँच सय बेडलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याइने तयारी भएको भक्तपुरपोस्टलाई जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी दुवाकोटस्थित काठमाडौ मेडिकल कलेजको अस्पताललाई पनि क्वारेन्टाइन र आइसोलेसन वार्डको रुपमा प्रयोगमा ल्याइने भएको छ । त्यहाँ पनि करिब पाँच सय बेड क्वारेन्टाइनका लागि तयारी अवस्थामा छन् । अस्पताल प्रशासक अच्युत अधिकारीका अनुसार केएमसीमा ४ वटा आइसोलेसन वार्ड र उपचार कक्ष समेत तयार गरिसकिएको छ ।

    उक्त अवसरमा मन्त्री भट्टराईले संकटको घडीमा सबैको हातेमालो आवश्यक रहेको भन्दै कोरोना भाइरस माथि सामुहिक लडाईबाट विजय प्राप्त गरिने बताएका थिए भने चाँगुनारायण नगरका प्रमुख सोमप्रसाद मिश्र र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा सुरक्षा निकायका प्रमुखहरुले केएमसी र होटल व्यवसायीहरुको सहयोग प्रति आभार प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...