News Portal

  • गुण्डूका मनकारी कार्की जसले गरे निजी कारले बिरामी बोक्ने घोषणा

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १५ चैत
    १८२७ पटक
    सूर्यविनायक, १५ चैत

    विश्वब्यापी महामारीकोरुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)मा रहेका बेला जनस्तरबाट समेत सेवाको घोषणा हुँदै आएका समाचारहरु आइरहेका छन् ।यसैक्रममा सूर्यविनायक ७ गुण्डूका एक युवाले आफ्नो सवारीलाई बिरामी बोक्न प्रयोग गर्ने घोषणा गरेका छन् ।

    सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू मन्थली निवासी राज कार्कीले आफ्नाे निजी कारलाई याे संकटकाे घडीमा बिरामी बोक्न प्रयोग गर्ने घोषणा गरेका हुन् । स्थानीय व्यवसायी समेत रहेका ४० वर्षिय युवा कार्कीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै निजी कार बिरामीलाई स्वास्थ्य संस्थामा लानल्याउन प्रयोग गर्ने बताए ।

    ” दमलगायतका असाध्य रोगले ग्रस्त जेष्ठ नागरीक र बिरामी बालबालिकालाई सेवा गर्ने सामाजिक भावनाले मैले निजी कार बिरामी बोक्न प्रयोग गर्ने भएको हुँ ।” भक्तपुर पोस्ट संग उनले भने । बा५च २९४४ नम्बरको निजी कारलाई शनिवार बाटै सार्वजनिक हितमा प्रयोग गर्ने उनको भनाइ छ । स्वास्थ्य समस्या भएमा बिना संकोच आफूलाई सम्पर्क गर्न उनले गुन्डूका स्थानीयलाई अपिल समेत गरेका छन् ।

    वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले कार्कीको यो कदम युवा पुस्तालाई पाठ समेत भएको बताए । युवाहरु संकटको घडीमा स्वयम् सेवाको लागि अग्रपङ्तीमा आउनुपर्ने भन्दै उनले कार्कीको कदमको प्रशंसा गरे । ”राजजीले निजी कारबाट सामाजिक सेवा गर्न उत्साह देखाउनु भएकाेले लक डाउनकाे सवारी पास उपलब्घ गराएका छौं । बिरामीकाे सेवा गर्न गुण्डू एम्बुलेन्सका अलावा उहाँको सवारी समेत गुण्डूमा तयार भएकाे छ ।” वडा अध्यक्ष सापकोटाले भने ।

    यदि तपाई गुण्डूवासी हुनुहुन्छ र बिरामी लिएर स्वास्थ्य संस्था जान चाहनुहुन्छ भने गुण्डू एम्बुलेन्स लाई ९८४१३९५१९९ नम्बरमा अथवा राज कार्कीलाई ९८५१२४७५५१ नम्बरमा सम्पर्क गरी सेवा लिन सक्नुहुने बताइएकाे छ ।

    फोटो : रविन्द्र सापकोटाको फेसबुकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...