News Portal

  • कोरोनाको कारण मृत्यु आशंका गरिएका युवकको दुईपटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ चैत
    ११२९ पटक
    भक्तपुर, १७ चैत

    कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंकामा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएन । सैनामैना नगरपालिकाका ३७ वर्षीय ती युवकको बुटबलस्थित कोरोना विशेष अस्पतालमा आइतवार ज्यान गएको थियो ।

    लुम्बिनी प्रादेशिक अस्पताल र बुटबल उपमहानगरले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत उनको मृत्यु भएपछि कोरोनाको कारण मृत्यु भएको अनुमान गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालका अनुसार उनको कोरोना पुष्टि भएन । उनको स्वाव काठमाडौ ल्याइएको थियो । रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो ।

    ३७ वर्षीय मृतक युवक दुवईबाट ६ गते नेपाल आएका थिए । उतैबाट ज्वरो आएको अवस्थामा घर आएका उनी १३ गते प्रादेशिक अस्पतालमा आएका थिए । ज्वरो देखिएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना (बिशेष) अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

    टेकुमा उनको दुई पटक नमूना परीक्षण गर्दा पनि रिपोर्टमा काेराेना नेगेटिभ आएको अस्पतालले जनाएको हो ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...