News Portal

  • सरकारलाई नेकपा भक्तपुरका सचिव डीपी ढकालको सुझाव : घरघरमा उधारोमा खाद्यान्न पठाउँ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ चैत
    २३१८ पटक
    भक्तपुर, १८ चैत

    वर्तमान कम्युनिष्ट सरकारले लकडाउनको संकटमा तल्लो वर्गलाई राहत दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालले सुझाव दिएका छन् ।

    सरकारले चैत ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) को आदेश पछि गरीब घरपरिवारमा अर्को विपत्ति आएको उनको भनाइ छ । ” कोभिड १९ को अन्तराष्ट्रिय विपत्ति त छदैछ । गरीबहरुको घरको चुल्हो नबल्ने स्थिति नहोस् भन्नेमासमेत सरकारले बेलैमा सोच्नुपर्छ।” भक्तपुर पोस्टसंग उनले भने ।

    नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव समेत रहेका अर्थराजनीतिका लेखक एवं विश्लेषक बौद्धिक युवा नेता ढकालले तल्लो वर्गमा उत्पन्न समस्याको समाधानको लागि सरकारले वडा मार्फत घरघरमा उधारोमा न्युनतम आवस्यक खाद्यान्न र पैसा समेत उपलब्ध गराउन सुझाव दिएका छन् । प्रत्येक वडा कार्यालय मार्फत प्रत्येक परिवारमा न्युनतम आवस्यकताका बस्तु पुर्याउदा जनतालाई राहत हुने र सरकारप्रति नागरिकको सहानुभुती रहने उनको ठम्याई छ ।

    युवा नेता ढकालले १ बोरा चामल, ५ केजि दाल, २ केजि गेडागुडी २ केजि चिनी ,१ केजि मस्यौरा, १ लिटर तेल, ५ केजि च्युरा, १ किलो नुन, १ विधुतिय हिटर वा ग्यास र केहि साबुनकोसमेत प्याकेट बनाएर घरघरमा उधारोमा बाढ्नुपर्ने बताए । त्यतिमात्र होइन, विपतको अवस्थामा अत्यावस्यक औषधी उपचार लगायत खर्च हुनसक्ने हुँदा पाँच हजार ऋण उपलब्ध गराउन समेत सरकार समक्ष उनले अनुरोध गरेका छन् ।

    यति गर्न सके धेरै हद सम्म जनजीविकाको समस्या समाधान हुन्छ,सक्नेले लक डाउन पछि तिर्नेछ्न् र नसक्नेलाई राज्यले पछि हेरे भैहाल्छ ।” उनको तर्क छ ।

    लक डाउनमा पैसा हुनेले पनि घरमै राखेको अवस्था नहुने हुँदा हुनेखाने वर्ग पनि समस्यामा रहेका हुनसक्ने उनले बताए । सरकारले घरघरमा प्याकेट पठाउँदा कालोबजारी नहुने र जनता घर बाहिर निस्कने अवस्थाको पनि अन्त्य हुने उनले जिकिर गरेका छन् ।

    ”अत्यावस्यक सामाग्री घरमै आउने भएपछि मानिसहरु घर बाहिर पनि निस्कनुपरेन । यसले एकातर्फ जनताले राहत पाउने त छदैछ । अर्कोतर्फ कोभिड १९ विरुद्ध घरमै बसेर लड्न सरकारले गरेको आह्वान पनि सार्थक हुन्छ ।” नेता ढकालको भनाइ छ ।

    यो काम संघ, प्रदेश वा स्थानीय सरकार समेतले गर्न सक्ने सानो काम भएको उनको दावी छ । सरकारले संकटको बेलामा आफ्नो उपस्थिति बढाउनुपर्नेमा जोड दिँदै नेता ढकालले तब मात्र जनताले सरकारको आदेश आदरसाथ सजिलै मान्ने वातावरण बन्ने बिचार व्यक्त गरेका छन् । उनले कोभिड १९ विरुद्ध सरकारले चाहेमा स्वयंसेवा लगायत सक्रियताको लागि भक्तपुर पार्टी पंति तयार रहेको समेत जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...