News Portal

  • चाँगुनारायणकाे सुडालमा पाैडी खेल्दा गयाे युवककाे ज्यान

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २३ चैत
    १३०८ पटक
    चाँगुनारायण, २३ चैत

    चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा एक युवककाे ज्यान गएकाे छ । सुडालस्थित वि.एम. इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबी उनकाे ज्यान गएकाे हाे ।

    उदयपुरकाे गाइघाट ४ आमटार घर भई वि.एम. इट्टाभट्टामा काम गर्ने बर्ष ३० को मुकेश राईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । शनिवार दिउँसो मुकेश अचानक डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनसाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक राज कुमार थापाको कमाण्डमा अनुसन्धान टोली घटनास्थल पुगेको प्रहरीको भनाइ छ ।

    पोखरीको पानी निकास गरी प्रहरीले शव प्राप्त गरेको महानगरीय प्रहरी परिसरका डीएसपी दिपक गिरीले जानाकारी दिए । उनका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...

    सर्वोत्कृष्टतामा भक्तपुर अस्पतालको ह्याट्रिक

    भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा...

    यस्ता छन् ओली सरकारका सय दिने उपलब्धी (पूर्णपाठ)

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक...

    मन्त्रीको जिल्लामा कमजोर कार्यसम्पादन, ललितपुर प्रथम हुँदा भक्तपुर सातौँ

    बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन...

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...