News Portal

  • रहेनन् भक्तपुरका पुराना बामपन्थी नेता बासुकला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ चैत
    ३८९९ पटक
    भक्तपुर, २६ चैत

    भक्तपुरका पुराना बामपन्थी नेता विष्णु बासुकलाको निधन भएको छ । बुधवार आफ्नै निवासमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

    नेपाल मजदुर किसान संगठनबाट बामपन्थी राजनीतिमा होमिएका बासुकला संयुक्त जनमोर्चा,  एनेकपा (माओवादी) हुँदै पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी संग आवद्ध रहेका थिए । २०२२ सालबाट नै कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका बासुकला नेकपा भक्तपुरको जिल्ला सल्लाहकारसमेत रहेका थिए ।

    प्यारालाइसिस भएर ३ महिना अघि थला परेका बासुकलाकाे भक्तपुर २ स्थित निवासमा नै निधन भएकाे हाे । नेता बासुकलाका २ छोरा र १ छोरी छन् ।

    बुधवार नै उनको पार्थिव शरीरलाई हनुमानघाटमा अन्त्यस्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ । नेकपाका जिल्ला नेता मिलन सुवालले उनको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओडाई अन्तिम सम्मान व्यक्त गरेका थिए । उक्त अवसरमा तत्कालिन एनेकपा (माओवादी) भक्तपुर इन्चार्ज भाष्कर प्रधानाङ्ग लगायत नेता कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...