News Portal

  • प्रदेशले किट पठाएपछि भक्तपुर अस्पतालले पनि शुरु गर्यो कोरोना परीक्षण, १५ मिनेटमै रिजल्ट

    तारा अधिकारी निकिसा / भक्तपुर पोस्ट भक्तपुर, ३० चैत
    १७८२ पटक
    भक्तपुर, ३० चैत

    दुधपाटीस्थित भक्तपुर अस्पतालले पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण शुरु गरेको छ । यस अघि स्वाब संकलन गरी टेकु पठाउँदै आएको भक्तपुर अस्पतालले आज आइतवारबाट आफैं परीक्षण कार्य शुरु गरेको हो ।

    अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमका अनुसार आइतवार सोह्र जना शंकास्पद बिरामीको कोरोना टेस्ट भएको छ । र्‍यापिड डिटेक्सन टेस्टमार्फत परीक्षण भएको हाे । यसरी टेस्ट गर्दा १५ मिनेटमै रिजल्ट प्राप्त हुने बताइएकाे छ । आज टेस्ट गरिएका सबैमा कोरोना नेगेटिभ देखिएको जानकारी प्राप्त भएकाे छ । डा गौतमका अनुसार यी किट बागमती प्रदेश सरकारको सामाजिक विकाश मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले पठाएको हो । निर्देशनालयले १ सय र्‍यापिड डिटेक्सन किट पठाएको छ भने थप २ सय किट पठाउने जानकारी गराइएको छ । भक्तपुर अस्पताल बागमती प्रदेश सरकार मातहत संचालित अस्पताल हो ।

    मेडिकल सुपरिटेण्डेण्ट डा. गौतमले भक्तपुर पोस्टलाई जानकारी गराए अनुसार अस्पतालले अहिलेसम्म १७० जनाको स्वाब संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको रिपोर्ट आउने क्रममा रहेको छ । उनले कोरोना आशंकामा अस्पताल आउनेक्रम बढेसंगै आइसोलेसन बेड पनि बढाइएको बताइन् । भक्तपुर अस्पतालमा अहिले आइसोलेसन बेडको संख्या १० रहेको डा गौतमले जानकारी गराइन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...