News Portal

  • सेवामा भक्तपुरका सुनचाँदी व्यवसायी : स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ बैशाख
    २०४८ पटक
    भक्तपुर, ३ बैशाख

    नेपाल सुनचाँदी व्यवसायी संघ भक्तपुर शाखाले भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । नोभल कोरोना भाइरस(कोभिड १९)को रोकथाम र नियन्त्रणमा जिल्लाको मूख्य भूमिकामा रहेको भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको हो ।

    सुनचाँदी व्यवसायी संघ, भक्तपुरका अध्यक्ष प्रदीपरत्न शाक्यको नेतृत्वमा भक्तपुर अस्पताललाई १० सेट पर्सलन प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) हस्तान्तरण गरिएको हाे । अध्यक्ष प्रदीपरत्न शाक्यले १० थान पीपीई संगै ३ सय जोर पन्जा र १ सय ३० बोतल सेनिटाइजरसमेत सोमबार भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई हस्तारण गरेका हुन् ।

    उक्त स्वास्थ्य सुरक्षा सामाग्री ग्रहण गर्दै मेसु डा गौतमले सुनचाँदी व्यवसायीले स्वास्थ्यकर्मी प्रति देखाएको सद्भाव र मायाले आफूहरुमा अझ दायित्वबोध बढेको बताउंदै भक्तपुर अस्पताल जनसेवामा अहोरात्र लागिरहने प्रतिवद्धता प्रकट गरेकी थिइन् । त्यसैगरी अध्यक्ष शाक्यले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालको समन्वयमा आफूहरुले स्वास्थ्य सुरक्षाको सामाग्री उपलब्ध गराएको जानकारी गराउदै सुरक्षित स्वास्थ्यकर्मीले नै कोरोनाबाट जनतालाई सुरक्षा दिनसक्ने विस्वास व्यक्त गरे । उक्त अवसरमा सुनचाँदी व्यवसायी संघ, भक्तपुरका सल्लाहकार पद्मसुन्दर शाक्य,कोषाध्यक्ष मतिना शाक्य, महासचिव पद्मसुन्दर शाक्य थालाछें, सदस्यहरु राजन शाक्य र बिजयसुन्दर शाक्य समेत उपस्थित रहेका थिए ।

    अध्यक्ष प्रदीपरत्न शाक्यका अनुसार संघमा भक्तपुरका १२० सुनचाँदी व्यवसायी आवद्ध रहेका छन् । उनले केन्द्रीय समितिको तर्फबाट पन्ध्र लाख रुपियाँ कोरोना कोषमा जम्मा गरिएको समेत जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...