कोरोनाका कारण राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ। राष्ट्रपतिको कार्यालयले उक्त रकम फिर्ता गरिएको जनाएको हो ।
आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्चित कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।
चालु आर्थिक वर्ष २०७६/०७७ को बजेट बाट उक्त रकम फिर्ता गरिएको घिमिरेको भनाइ छ । शुक्रबार एक विज्ञप्तिमार्फत घिमिरेले उक्त जानाकारी गराएका हुन् ।