News Portal

  • भक्तपुरमा देवाली पूजा नगर्न निर्णय (निर्णय सहित)

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ७ वैशाख
    ५४७९ पटक
    भक्तपुर, ७ वैशाख

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमका कारण भक्तपुरमा देवाली पूजा नगर्न भक्तपुर नगरपालिकाले अनुरोध गरेको  छ । बिस्केट जात्रालाई पूजा आजामै सिमित गरिएको भक्तपुरमा देवाली पूजा पनि हाललाई क्षमा पूजा मात्र गरी मनाउन अनुरोध गरिएको हो ।

    आइतवार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर, नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि एवं स्थानीय प्रतिनिधिहरुको संयुक्त बैठकले देवाली पूजालाई पछि अनुकुल समयमा गर्न अनुरोध गर्ने निर्णय गरेको वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी गराए । नेपाल सरकारले बन्दाबन्दी लागू गरेको समयावधिमा देवाली पूजा परेपछि कोरोना संक्रमणको जोखिमप्रति संवेदनशील हुँदै यस्तो निर्णय लिइएको उनको भनाइ छ ।

    त्यस्तै बैठकले मातातीर्थ औंसीको दिन आमाको मुख हेर्ने पर्वमा समेत घर बाहिर ननिस्कन र आमाको मुख हेर्ने पर्वलाई यस पटक सामान्यीकरण गर्न आग्रह गर्ने निर्णय लिएको छ । स्वस्थ रहे चाडपर्व फेरि पनि मनाउन सकिने भन्दै बैठकले उक्त निर्णय लिएको वडाध्यक्ष ज्याख्ले जानकारी गराए । उक्त बैठकले विस्केट जात्रालाई सामान्य पूजामा सीमित गरी जात्रा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्नुका साथै प्रहरी प्रशासन र स्वयमसेवकको समन्वयमा बन्दाबन्दीलाई अझ प्रभावकारी बनाउने समेत निर्णय लिएकाे बताइएको छ ।

    हेर्नुस् निर्णय 

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...