भक्तपुर । आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको अभियोगमा बोडेबाट एकजना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक घर भएका २३ वर्षे युवकले आफ्नै १४ बर्षे सहोदर बहिनी लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीका आधारमा उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मध्यपुर ठिमी न.पा. ९ बोडे कृर्षि तालिम केन्द्र नजिक जस्ताको टहरोमा बस्दै आएका ती युवकलाई शनिवार नियन्त्रणमा लिई अदालतमा पेश गरिएको थियो ।
आइतवारे भक्तपुर जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिशर भक्तपुरका प्र.ना.उ. दिपक गिरीले जानकारी दिए ।