News Portal

  • भक्तपुर प्रशासनद्वारा दुवाकोट र शंखधर चोक आसपासको क्षेत्र सिल

    भक्तपुरपोष्ट संवाददाता३१ वैशाख २०७७
    २७७५ पटक
    ३१ वैशाख २०७७

    भक्तपुर । कोरानो संक्रमित भेटिएको दुईस्थानलाई सिल गरिने भएको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    जिल्ला प्रशासन कार्यालयले संक्रमित देखिएका दुवै स्थानलाई सिल गरिएको जनाएको हो ।संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अहिले संक्रमित देखिएको दुबै स्थानलाई सिल गरिएको जानकारी दिइन् ।

    ‘संक्रमित देखिएको दुइटै ठाउँ सिल गरिसकेका छौं’, प्रजिअ पाण्डेले भक्तपुर पोष्टलाई भनिन, ‘उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरिरहेका छौं ।’

    भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन् । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।

    सुनसरीबाट मोटरसाइकलमा  आएकी संक्रमित महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको  पाण्डेले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...