News Portal

  • भक्तपुरकाे पछिल्लो संक्रमितले पनि जितिन् काेराेना, दुवैपटककाे रिपोर्टमा कोरोना नेगेटिभ

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १५ जेठ
    १६५९ पटक
    भक्तपुर, १५ जेठ

    भक्तपुर । भक्तपुरकी पछिल्लो कोरोना संक्रमित पनि कोरोना मुक्त भै घर फर्किएकी छन् । भक्तपुरमा चौथो संक्रमित पुष्टि भएकी ४२ वर्षिया महिला कोरोनालाई जितेर घर फर्किएकी हुन् ।

    भक्तपुर नगरालिका वडा नम्बर ९ की निर्वाचित वडा सदस्य समेत रहेकी उनी बिहीवार अस्पतालबाट डिस्चार्ज भै घर आएकी वडाध्यक्ष रवीन्द्र ज्याख्व:ले जानकारी गराए । वडाध्यक्ष ज्याख्व:ले भक्तपुर पोस्ट लाई दिएको जानकारी अनुसार दोहोर्याएर गरिएको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनी बिहीवार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

    टेकुस्थित रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ प्रमाणित भएपछि उनलाई पाटन अस्पतालको आइसोलेसनम राखी उपचार गरिएको थियो । बुधवारको रिपोर्टमा कोरोना नेगेटिभ आएपछि पुन: प्रयोगशालामा उनको स्वाब परीक्षणको लागि लगिएको थियो । ”बिहीवारको रिपोर्ट पनि कोरोना नेगेटिभ आएपछि उहाँलाई अस्पतालले डिस्चार्ज गरिदिएको हो ।” वडाध्यक्ष ज्याख्व:ले भने ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...