News Portal

  • थिमिस्थित एटिएम फुटाइ पैसा चोर्न खोज्ने युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, १७ जेठ
    ११०२ पटक
    मध्यपुर थिमि, १७ जेठ

    तस्बिर : सांकेतिक

    लकडाउनका बेला बैंकको एटिएम फुटाइ पैसा चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहखा बजार स्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउदै गरेको अवस्थामा एक युवक पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदम्बास घर बताउने २१ वर्षीय सचिन तामाङ रहेका छन् । उनी नगदेशमा अस्थायी बसोबास गर्दै आएका युवक भएको प्रहरीको भनाइ छ । उनलाई महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा रहेको प्रहरी गस्ती टोलीले शुक्रवार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी गराए ।

    प्रहरीले तामाङको साथबाट १ थान ह्याम्बर,१ थान स्क्रु ड्राईभर, मेसिनको बाहिरी कभर र रोलर (डण्डी) लगायत बरामद गरेको बताइएको छ । तामाङलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त थिमिले थप अनुसन्धान कार्य अगाडी बढाएको डीएसपी गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...