News Portal

  • गठ्ठाघर निवासी गृहका उपसचिव पौडेल ओखलढुङ्गामा सिडिओ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० जेठ
    ४५९२ पटक
    भक्तपुर, २० जेठ

    भक्तपुरको गठ्ठाघर निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल ओखलढुङ्गा जिल्लाको सिडिओमा सरुवा भएका छन् । गृह मन्त्रीस्तरीय निर्णयबाट पौडेल ओखलढुङ्गा जिल्लाको सिडिओमा सरुवा भएका हुन् ।

    सरुवा हुनु अघि उनी गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिव हुन् । यस अघि रसुवा जिल्लाको सिडिओ भई काम गरेको अनुभव समेत उनीसंग छ । त्यतिमात्र होइन, ३२ वर्षकाे उमेरमै रसुवाको सिडिओ भएका पौडेल गत वर्ष गृहले दिएको नम्बरको आधारमा ७७ जिल्लाको सिडिओ मध्ये ९०.६९% प्राप्ताङ्क र ए प्लस ग्रेड प्राप्त गरी देशभरको सिडिओ मध्ये कार्यसम्पादनमा तेश्रो बन्न सफल भएका थिए ।

    उनले रसुवामा रहँदा सेवाग्राही सर्वसाधारणलाई रुची अनुसार नि:शुल्क तातो/ चिसो पानी र चिया पिउने व्यवस्था मिलाउनुका साथै फ्रि वाइफाई, सेनिटरी प्याड र आपतकालिन औषधी सहित फष्ट एडका सुविधा समेत उपलब्ध गराएपछि जिल्लाबासी माझ लोकप्रिय बनेका थिए । चीनसंग जोडिएको नाकामा उनकै पहलमा पहिलोपटक भन्सारमा मेसिनबाट सामान जाच्ने व्यवस्था मिलाइएको थियो भने अर्बौ राजस्व उठाउने यस नाकालाई उनले थप व्यवस्थित बनाएका थिए । स्थानीयसंग राम्रो समन्वय गर्ने र जनतालाई केन्द्रमा राखेर निर्णय गर्न सक्ने पौडेल गृह प्रशासनमा आशालाग्दा युवा नेतृत्व मानिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...