News Portal

  • आइतवार कमलविनायकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता१ असार २०७७
    ८८५ पटक
    १ असार २०७७

     

    भक्तपुर । आइतवार कमलविनायक भत्केपाटीमा भएको सवारी दूर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    साँझ ५ः४५ बजे खरिपाटीबाट कमलविनायक तर्फ आउँदै गरेको बा ९५ प १४५५ नम्बरको मोटरसाइकल भत्केपाटीमा आफै अनियन्त्रीत भई सडकको नालीमा खस्न गई दुर्घटना भएको हो । दुर्घटनामा भक्तपुर नपा–१० कमलविनायक बस्ने वर्ष १७ का रन्जित माहाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको सूचना पाउन साथ गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकल चालक माहाजुलाई उपचारको लागि भक्तपुर अस्पताल लगी प्राथमिक उपचार पश्चात थप उपचारका ६ः२० मा ट्रमा सेन्टर रिफर गरिएकोमा उनको १०ः१४ मा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हाल मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रनाउ दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...