News Portal

  • फुटबल खेल्दा खुट्टा भाच्चिएर अस्पताल पुगेका थिए मुलाछेंका संक्रमित : डाक्टर पनि क्वारेन्टाइनमा

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ४ असार
    ४५२३ पटक
    भक्तपुर, ४ असार

    भक्तपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जनजीवन प्रभावित भएको छ । संक्रमितसंग कुनै कन्ट्याक्ट हिस्ट्री नभएका स्थानीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै मानिसहरु त्रसित बनेका छन् । संक्रमण पुष्टि भएका युवकमा कोरोनाको कुनै लक्षण बिना नै संक्रमण पुष्टि भएको हो ।

    फुटबल खेल्दा खुट्टा भाच्चिएपछि उपचारका लागि भक्तपुर अस्पताल पुगेका करिब २२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोमबार अस्पताल भर्ना भएका उनी कोरोनाको शंकास्पद बिरामी नरहेको र कुनै लक्षण समेत नदेखिएकाले भक्तपुर अस्पतालले उनको खुट्टाको प्लास्टर लगायत आवस्यक उपचार समेत गरेको थियो । अस्पतालले निश्चिन्त हुन उनको स्वाब लिएर टेकु पठाएको थियो । बुधवार साँझ पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई राती करिब १ बजे नै पाटन अस्पताल पुर्याइएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी गराए ।

    प्रमुख प्रजापतिका अनुसार वडा नम्बर ६ स्थित संक्रमित युवकको घर भएको चोछें मुलाछें क्षेत्रलाई सिल गरिएको छ भने कन्ट्याक्ट ट्रेसिंगको कार्य समेत सम्पन्न भैसकेको छ ।

    वडा नम्बर ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर पोस्ट संग कुरा गर्दै मुलाछेंका करिब ३० घरलाई सिल गरिएको बताए । सुवालका अनुसार संक्रमित युवकसंग घुलमिल गरेका उनका परिवारका छ जना सदस्य, उनका ११ जना साथीहरु र समुदायका थप केहि सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई खानेकुरा लगायत अत्यावस्यक सामाग्री पुर्याउने व्यवस्थाका लागि अहिले वडा कार्यसमितिको बैठक बसिरहेको समेत अध्यक्ष सुवालले जानकारी गराए । वडामा संक्रमण देखिएकाले थप सावधान हुन समेत उनले भक्तपुर पोस्ट मार्फत वडावासीलाई अनुरोध गरेका छन् ।

    उपचारमा आएका युवकमा संक्रमण पुष्टि भएपछी भक्तपुर अस्पतालका चिकित्सक समेत क्वारेन्टाइनमा रहेका छन् । उपचारमा संलग्न चिकित्सकको टोलीले पिपिई लगाएर उपचारमा संलग्न भएको भएतापनि निचिन्तताको लागि उपचारमा संलग्न टोलीलाई क्वारेन्टाइनमा राखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...