News Portal

  • ओली पक्ष सडकमा ओर्लियो, भक्तपुरमा पनि प्रदर्शन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ असार
    १३१३ पटक
    भक्तपुर, १९ असार

    सत्तारुढ दल नेकपा भित्रको कलह सडकसम्म आइपुगेको छ । पार्टीमा सत्ता परिवर्तनको विषयले व्यापक महत्व पाएपछि प्रधानमन्त्री केपी ओली पक्ष सडकमा ओर्लिएको हो ।

    शुक्रवार सूर्यविनायकमा प्रधानमन्त्री केपी ओलीको पक्षमा उनका केही समर्थकहरुले प्रदर्शन गरेका छन् । विहीवार प्रधानमन्त्री ओलीले आफ्नो पद धरापमा परेकोले आफ्नो पक्षमा उभिन युवा विद्यार्थी लाई आह्वान गरेको समाचार बाहिरिए संगै शुक्रवार विहानै सूर्यविनायकमा प्रदर्शन भएको हो । आयोजकले भने प्रदर्शन स्वस्फूर्त भएको जिकिर गरेका छन् । प्रदर्शनमा ओली पक्षका एक खम्बा मानिने भक्तपुरका सांसद एवम् केन्द्रिय सदस्य महेश बस्नेत लगायत नेताहरु भने उपस्थित थिएनन् तर उनी निकट कार्यकर्ताको भने बाक्लो उपस्थिति रहेको थियो ।

    बिहीबार राती प्रधानमन्त्री ओलीको पक्षमा भक्तपुरमा  मसाल जुलुसको आह्वान गरिएको भएपनि अन्तिम समयमा त्यो स्थगित गरिएको थियो । मसाल जुलुस गर्नेलाई समात्न साझबाटै प्रहरी चोकचोकमा तैनाथ भएपछि उक्त कार्यक्रम स्थगित भएको श्रोतले जनाएको छ ।

    बिहीवार सभामुखलाई समेत थाँहा नदिइ संसद अधिवेशन अन्त्य गरिएपछि नेकपाभित्र प्रधानमन्त्री ओली अझै आलोचित बनेका छन् । आलोचकहरुले पार्टी र संसदबाट भागेर उनी सडकमा पुगेको र त्यो दूर्भाग्यपूर्ण भएको बताएका छन् ।

    राजनीतिक विश्लेषकहरुका अनुसार भने नेकपा फुट नजिक पुगेको छ । पार्टीको कुरा सडकमा पुर्याउनुलाई उनीहरु पार्टी फुटलाई जस्टिफाइ गर्ने  योजनाको रुपमा परिभाषित गर्दछन् । नेकपाका नेताहरु भने पार्टी फुट्ने कुरामा सहमत छैनन् । “अध्यक्ष ओली र प्रचण्ड बीच गम्भीर वार्ता चलिरहेछ । उहाँहरुले पार्टीलाई थप एकतावद्ध गरेर लैजानुहुनेछ ।” एक केन्द्रिय सदस्यले विस्वास ब्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...