News Portal

  • ६ वटा क्लबलाई काठमाडौँ महानगरद्वारा प्रति क्लव रु १० लाख सहयाेग

    बुद्ध शरण शाहीकाठमाडौं, २२ असार
    ९५० पटक
    काठमाडौं, २२ असार

    काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन्।

    मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब लाइ महानगरले आर्थिक सहयोग गरेको हो । महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, बि र सि डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियाे ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई शहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए । ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि सहयोग गर्न महानगरपालिका तयार छ,’ उनले भने, ‘आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै हामी तपाईँहरुलाई थप सहयोग गर्न चाहन्छौँ । तपाईँहरुले पनि खेलकुदको माध्ययमबाट महानगरपालिका र समग्र देशको पहिचान बढाउने कुरामा निरन्तर ध्यान दिनुहोला ।’

    प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि लाई रु तीन लाख र सीलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिनुभयो । ‘विगतका वर्षमा जस्तै यो वर्ष पनि हामीले ए, वि र सि डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनेका थियौँ । आज एलाई गर्यौँ । बि र सिलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्नेछौँ ।’

    येसैगरि कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी ( श्रेष्ठ ) ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताइन् ।

    अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रसंशा गरे । ‘डिभिजन क्लवहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्,’ शेर्पाले भने ।, ‘यसका लागि काठमााडौँ महानगरपालिकालाई विशेष धन्यवाद दिन चाहन्छु । अहिले काठमाडौँ उपत्यकामा बढेको घना बस्तीका कारण फुटवल मैदानहरु लोप हुँदै गएका छन् । यस्तो बेलामा हामीले खेल अभ्यासका लागि महानगरपालिकासँग सहकार्य अघि बढाउने कुरामा पनि छलफल गर्दै आएका छौँ ।’

    कार्यक्रममा सम्वोधन गर्दै मछिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंशाकारले काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खेल विकासमा सहयोग गर्ने परम्पराको थालनी भएको बिचार ब्यक्त गरे । ‘यो नेतृत्वले खेल क्षेत्रलाई बुझेको अनुभूति हामीले गरेका छौँ । फुटवल मात्रै होइन, समग्र खेलकुदको क्षेत्रमा महानगरपालिकाले सहयोग गरेको हामीले बुझेका छौँ ।’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...