News Portal

  • बुधबार भक्तपुरमा काेराेना संक्रमित थपिएका छैनन् : काठमाडौंमा १६ र ललितपुरमा ७ थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार
    ७३२ पटक
    भक्तपुर, २४ असार

    साेमबार ९ र मंगलबार ४ जना काेराेना संक्रमित थपिएकाे भक्तपुरमा बुधबार भने कसैमा पनि संक्रमण देखिएन । बुधबार नियमित प्रेस विफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा भक्तपुरकाे कसैमा पनि संक्रमण नदेखिएकाे पुष्टि गरेकाे छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा २४ जनामा संक्रमण देखिए पनि भक्तपुरमा भने नदेखिएकाे जानकारी दिए । ”काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा संक्रमण हुदाँ भक्तपुरमा आज संक्रमण देखिएन ।” उनले भने ।

    मन्त्रालयका अनुसार आज देशभर २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। याे संगै नेपालमा संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यसैगरी आज २ सय ५३ संक्रमित निको भएका मन्त्रालयले जनाएकाे छ । याे संगै हालसम्म निकाे हुनेकाे संख्या ७ हजार ७ सय ५२ जना पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...