भक्तपुरमा मास्क नलगाई हिँडडुल गर्ने ४८ जना मानिसहरु प्रहरीकाे फन्दामा परेका छन् । बुधबार मास्क नलगाई हिँडडुल गरिरहेकाे अवस्थामा प्रहरीले उनीहरुलाइ कार्वाही गरेकाे हाे ।
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मकाे समयमा मास्क नलगाई हिडडुल गर्ने ४८ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए । परिसर तथा अन्तर्गतका प्रहरी कार्यालयहरुबाट तैनाथ प्रहरीहरुले ४८ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरेका थिए । अटेर गरेर मास्क नलगाई हिडेका कारण नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाउनु परेकाे उनले बताए ।
मास्क नलगाई हिँडडुल गर्नेलाइ संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही तथा जरिवाना गर्नु भन्ने गृह मन्त्रालयको निर्देशन बमाेजिम उनीहरुलाई प्रति ब्यक्ति १ सय रुपियाँ जरिवाना गरी छाडिएको जिप्रका भक्तपुरले जनाएकाे छ ।
पछिल्लाे समय मानिसहरु लापर्वाह बनेपछि मास्क नलगाई हिँडडुल गर्न नदिन गृह मन्त्रालयले जिप्रकालाइ निर्देशन दिएकाे छ ।भक्तपुरमा साेमबार मात्रै ९ जना काेराेना संक्रमित थपिएका छन् भने मंगलबार ४ जना संक्रमित थपिए । बुधबार भने यहाँका कसैमा पनि संक्रमण देखिएकाे छैन । हालसम्म जिल्लाकाे संक्रमित संख्या ४२ रहेकाे छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काेराेना भाइरसकाे संक्रमण नियन्त्रणका लागि थप सतर्क बन्न अनुराेध गरेकी छन् । उनले मास्क र सेनिटाइजरकाे प्रयाेग र सामाजिक दूरी कायम राख्नु सबैकाे कर्तब्य भएकाे बताइन् । सचेत भएर लकडाउन पालना नगरे स्थिति भयावह हुनसक्ने उनकाे चेतावनी छ ।