News Portal

  • नेमकिपालाई चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त ५ हजार थान मास्क भक्तपुर नगरपालिकालाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० साउन
    ९३५ पटक
    भक्तपुर, १० साउन

    नेपाल मजदुर किसान पार्टीलाई चिनिया कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सुरक्षा सामग्री ५ हजार थान सर्जिकल मास्क नेमकिपाले भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । पार्टीलाई प्राप्त उक्त सामाग्री नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    निर्वाचित सांसद समेत रहेका नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले मित्र पार्टी चिनिया“ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सुरक्षा सामग्री ५ हजार थान सर्जिकल मास्क भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शुक्रबार एक समारोहबीच हस्तान्तरण गरेका हुन्  ।

    नगरपालिकालाई प्राप्त मास्कहरु सोही कार्यक्रममा नगर प्रमुख प्रजापतिले विभिन्न स्वास्थ्य सस्थाहरुलाई हस्तान्तरण गरेका छन् । सहयोगस्वरुप नगरपालिकालाई प्राप्त मास्कहरू सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई १ हजार थान, भक्तपुर क्यान्सर अस्पताललाई १ हजार थान, भक्तपुर अस्पताललाई १ हजार थान र भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई २ हजार थान हस्तान्तरण गरेका नगर प्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराइन् ।

    उक्त अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय सैनिक खेलकुद प्रतियोगितामा भाग लिन चीनको उहान पुगेका अमेरिकी सैनिकहरुले चीनमा कोरोना संक्रमण फैलाएको आरोप लगाए । अमेरिकाले कोरोना भाइरस फैलाएको भएपनि यो यथार्थलाई ढाकछोप गर्न अमेरिकाले ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ जस्ता भ्रम फैलाइरहेको उनको आरोप छ  ।

    त्यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लकडाउनको समयमा भक्तपुरको स्थानीय जनताबाट सकारात्मक साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरका जात्रा तथा पर्वहरू औपचारिकतामै सम्पन्न भएको बताउदै चीनबाट सिकेर आफूहरुले कोभिड १९ नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी गराए ।

    कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ नियन्त्रणको लागि भक्तपुर नगरपालिकाले गरेका प्रयासहरु सराहनीय र अरु स्थानीय तहहरुको लागि समेत उदाहरणीय रहेको भन्दै सन्तोष व्यक्त गरिन् ।

    त्यसैगरी भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले कोभिड १९ कहरका बीच पनि अस्पतालले सम्पूर्ण सेवाहरू सञ्चालन गरेको र स्वाब संकलन लगायत काम गरेको जानकारी गराउदै त्यसमा भक्तपुर अस्पतालको सहयोगका लागि धन्यवाद दिएकी थिइन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका इन्चार्ज प्रा.डा. प्रेम ज्ञवाली,भक्तपुर क्यान्सर अस्पताल रेडिएसन अनकोलोजिस्ट विभागीय प्रमुख उज्ज्वल चालिसे,जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवा,वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व लगायतले पनि बिचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...