कोरोना भाइरस महामारी कोभिड १९ का कारण ऋणी सदस्यलाई ऋणको भाखा थपिदिन सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ ।
कोभिड १९ बाट प्रभावित ऋणी सदस्यको असुल हुन नसकेको ऋणको भाखा अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्ने विभागले नयाँ निर्देशन जारी गरेको हो ।
२०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई बढीमा ६ महिनासम्म भाखा सार्न सकिने तर ६ महिनाभन्दा बढी १ वर्षसम्म नियामकको पूर्व स्वीकृति लिएर भाखा सार्न सकिने निर्देशनमा उल्लेख छ।
त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरिक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ।
हेर्नुस् निर्देशन