News Portal

  • श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान,देशेमरु र कसपाल छुटे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ साउन
    २०५० पटक
    भक्तपुर, ११ साउन

    लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट सजाय भएपछि फरार भएका धन भन्ने दिपक श्रेष्ठ पक्राउ परे लगत्तै जेल चलान भएका छन् ।

    सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका वडा नं ९ भोटसिपा घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ बस्ने धन भन्ने दिपक श्रेष्ठलाई गत असारमा भक्तपुर जिल्ला अदालतले २ बर्ष कैद र १ लाख रुपैया जरिवाना फैसला गरेको थियो । उनी फरार भएपछि फैसला कार्यान्वयन हुन सकेको थियन । फरार रहेको श्रेष्ठलाई खोज्न खटिएको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले आज आइतवार उनलाई पक्राउ गर्न सफल भएको थियो ।

    पक्राउ परेलगत्तै श्रेष्ठलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार पठाईएको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    डिएसपी गिरीका अनुसार चोरी मुद्दामा जरिवाना फैसला भएपछि करिब पाँच वर्षदेखि फरार सूर्यविनायक ३ बस्ने सुरेश देशेमरु र सवारी अंगभंग मुद्दाका जरिवाना फैसला भएपनि फरार सूर्यविनायक ५ कटुन्जे बस्ने सुजन मनसुर कसपाललाई पनि आईतवार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको थियो । देशेमरु २० हजार र कसपाल १० हजार जरिवाना तिरी छुटेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...