News Portal

  • भक्तपुर बस्ने २ युवतीहरु अमेरिका लैजाने भन्दै ठगी गरेकाे अभियोगमा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता थिमि, १२ साउन
    १७४७ पटक
    थिमि, १२ साउन

    अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा भक्तपुर बस्ने २ युवतीहरु प्रहरीको फन्दामा परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका-२ स्थायी ठेगाना भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

    उनीहरुले आफूहरु अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको बताउदै बिहे गरी अमेरिका लैजाने प्रलोभनमा पारी ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

    उनीहरुले भक्तपुरकै व्यक्तिलाई अमेरिका लैजाने प्रलोभन देखाई पिडितसंग विभिन्न बहानामा पटक/पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजाने बिश्वास दिलाई थप १ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

    २७ वर्षीया कोपिलाले निक्की पौडेलको नाममा फेक आइडी समेत खोलेको र फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले फेसबुक, टिकटकमार्फत फलो गर्ने र बिहे गरी अमेरिका लैजाने भन्दै ठगी गर्ने गरेका थिए । ठगी गरी फरार उनीहरुलाई अपराध महाशाखाकाे टाेलीले बुटबलबाट पक्राउ गरेकाे बताइएकाे छ ।

    उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...