News Portal

  • त्रिविलगायतकाे भदौमा परीक्षा लिने निर्णय अव्यवहारिक : नेक्राविसंघ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ साउन
    १३०३ पटक
    भक्तपुर, १९ साउन

    कोभिड १९ का कारण उत्पन्न स्वास्थ्य सङ्कटको अवस्थामा विश्वविद्यालयहरुले गर्ने भनेको परीक्षा स्थगित गर्न नेपाल क्रान्तिकारी विद्यार्थी संघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुको भदौदेखि परीक्षा सञ्चालन गर्ने भनी गरेको निर्णय प्रति नेपाल क्रान्तिकारी विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

    यतिबेला विद्यार्थीहरुलाई आफ्नो क्याम्पस र कोठामा पुग्न सहज नभएको र कोभिड जोखिम कायमै रहेको भन्दै नेक्राविसंघले परीक्षा गर्ने अनुकुल समय नभएको स्पष्ट पारेको छ । संघका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सोमबार प्रेस बिज्ञप्ती मार्फत सो कुरा स्पष्ट पारेका हुन् ।

    ”विद्यार्थीहरु सबै सुरक्षित स्थानमा छैनन्, जोखिमपूर्ण क्षेत्रमा पनि धेरै छन् । लामो दुरीको यातायात सञ्चालन प्रत्याभूती हुने स्थिति छैन । यस्तो परिस्थितिमा परीक्षा सञ्चालनकै कारण कोभिड–१९ सङ्क्रमण भयावह हुने सम्भावना छ ।” बिज्ञप्तीमा भनिएको छ ।

    त्रिविलगायतले भदौमा परीक्षा लिने निर्णय गरेको पूर्णतः अव्यवहारिक ठहर गर्दै नेक्राविसंघले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयहरुबाट नेपालका विश्वविद्यालयहरुले पाठ लिएर वैकल्पिक माध्यमबाट परीक्षा लिन जोडदार माग गरेको छ ।

    त्यसैगरी विद्यार्थीहरुको कोभिड–१९ को विमा सरकारले गर्नु पर्ने माग गर्दै नेक्राविसंघले सङ्क्रमणको खतरा भएसम्म भारतसँगको सिमा बन्द गर्नपर्ने समेत बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...