News Portal

  • छालिङका कार्कीले चलाएकाे स्कुटीको ठक्करबाट भोलाछेँकी सुवालको ज्यान गयाे

    भक्तपुरपोस्ट संवाददाता चागुँनारायण, २२ साउन
    ३१२३ पटक
    चागुँनारायण, २२ साउन

    स्कुटीको ठक्करबाट भक्तपुरकी एक महिलाको ज्यान गएको छ । बुधवार दिउँसो भएको सडक दुर्घटनामा भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछे बस्ने बर्ष ४१ की सुन्दरी सुवालको ज्यान गएको हो ।

    चागुँनारायणबाट भक्तपुर तर्फ आउदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नं.को स्कुटीले पैदल हिडिरहेकी सुन्दरीलाई भक्तपुर चागुँनारायण सडक स्थित वान्टीमा ठक्कर दिएको थियो । गम्भीर घाईते उनलाई भक्तपुर अस्पताल बाट दिउसो नै काठमाडौंस्थित ट्रमा सेन्टर पठाईएको थियो । त्यहाँ पनि उपचार हुन् नसकेपछि थप उपचारका बेलुकी ७:२० बजेको समयमा न्युरो अस्पताल बासँबारी रिफर गरिएको थियो । न्युरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।

    डिएसपी गिरीका अनुसार घाइते सुवालको बिहीवार बिहान ०७:४५ बजेको समयमा मृत्यु भएको छ भने स्कुटी चालक चागुँनारायण नगरपालिका वडा नं. ६ छालिङ बस्ने बर्ष २२ को आशिष कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...