News Portal

  • लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढ्यो

    १२२७ पटक

    लमजुङ, २९ साउन । मौसममा आएको परिवर्तनसँगै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढेको छ । पछिल्ला केही दिनयतादेखि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

    रुघाखोकी, ज्वरो, दम, निमोनिया, झाडापखला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । दूषित पानी र विभिन्न कारणले समस्या भएकाहरू उपचारका लागि अस्पताल आएका हुन् ।

    दैनिक दुई सय बिरामी उपचारका लागि अस्पताल आउँछन्
    लकडाउनको समयमा दैनिक ६०–७० जना बिरामी आउने अस्पतालमा अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आएको अस्पतालका प्रमुख श्रेष्ठले बताए । लमजुङ जिल्ला सामुदायिक अस्पतालबाहेक जिल्लाका अन्य अस्पतालहरूमा पनि बिरामीको चाप बढेको छ ।

    अन्य अस्पतालहरूमा पनि सोही प्रकृतिका समस्या भएका बिरामीहरूको चाप बढेको हो । चिकित्सकहरूले मौसममा परिवर्तन आइरहेको समयमा खानपान र सरसफाइमा ध्यान नदिँदा बिरामीको संख्या बढेको बताएका छन् । जिल्ला सामुदायिक अस्पताल लमजुङका मेडिकल अफिसर डाक्टर दया पन्तले उपचारका लागि दैनिक दुई सयभन्दा बढी बिरामी आएको बताइन् ।

    उनका अनुसार ७० देखि ८० जना बिरामी मौसमी संक्रमणबाट प्रभावित छन् । बालबालिका र वृद्धवृद्धा बढी प्रभावित रहेको चिकित्सकहरूले बताएका छन् । वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने अस्पतालका मेडिकल अफिसर पन्तले बताइन् ।

    बालबालिकामा सुक्खा खोकी लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको डा. पन्तले बताइन् । त्यस्तै अस्पतालमा ६० देखि ७० वर्ष माथिका वृद्धवृद्धाहरूमा दम, छाती दुख्ने र झाडापखालाका समस्या देखिएको अस्पतालले जनाएको छ । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...