News Portal

  • बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो !

    कर्णबहादुर रोकायाहुम्ला, ३० साउन
    १३०३ पटक
    हुम्ला, ३० साउन

    दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ ।

    करीब दुई करोड खर्च गरेर एक दशकभन्दा अघि बनाइएको सदरमुकाम सिमकोटका छिमेकी गाउँहरु बरगाउँ र ठेहेले संयुक्त रुपमा बनाएको टल्की बिजुली आयोजना लथालिङ्ग र अलपत्र परेको छ । यसबाट एकातिर स्थानीय गाउँहरुको श्रम माटोमा मिसिएको छ भने अर्कोतिर जिल्लाकै नमुना बिजुलीको नाममा परिचित लघु जलविद्युत आयोजना अलपत्र परेको छ ।

    स्थानीय गाउँलेहरु पटक पटक हुने अध्यक्ष र कार्यसमितिका व्यक्तिहरुले पटक पटक आउने लाखौंको मर्मत र सम्भारको रकम खाएर योजनालाई लथालिङ्ग पारेको बताउँछन् । आयोजनाका भूपु अध्यक्ष बरगाउँका पदम लामा अब सकेसम्म पूननिर्माण र मर्मत गर्ने प्रयास गरिने र नभए आजसम्म हिनामिना भएको करीब ६० लाखको लेखाजोखाका लागि अख्तियारमा जान बाध्य हुने बताए ।

    यो आयोजना हुम्ला जिल्लामा समुदायस्तरबाट निर्माण गरिएको एक सफल आयोजना हो । तापनि आयोजना विवादबाट मुक्त छैन । वर्षेनी मर्मत सम्भारका लागि आउने दशौं लाखको रकम चलाउन पाउने र नपाउनेको मारमा यो योजना परेको स्थानीय सञ्चारकर्मी सूर्यमणि बोहराको भनाई छ । यहाँका गाउँलेहरु आफूहरुले श्रमदान गरेकोले निःशुल्क बिजुली बाल्न पाउनुपर्छ भन्ने दावी गर्दै आएका छन ।

    बिजुली बाल्दा केही समस्या आउँदा आफै बन्द हुने अटो सिस्टम भएकोले जिल्लाकै सुरक्षित बिजुली मानिएको थियो । तर, एक वर्षदेखि बिद्युत बन्द छ । एकवर्षदेखि विद्युत बन्द हुँदा यसका प्रसारण लाइनको र घर घरमा लिईएका तारहरुलाई तानेर गाईवस्तु बाँध्नका घर घरमा दाम्लो र अन्य प्रयोजनका रुपमा प्रयोग गरिएको छ । जिल्लावासी भन्छन सायद यसरी विद्युतका तारहरु दाम्लो बनाउने पनि पहिलो हो ।

    एकातिर स्थानीय स्वामित्व, अर्कातिर प्राविधिक समस्या र झनै बजेट हिनामिनाको मारमा परेरकाले बिजुलीको तार तानेर दाम्लो बनाएको स्थानीयबासीहरु बताउँछन ।

    टल्की आयोजनाबाट बिजुली बाल्ने करीब तीन हजार स्थानीयवासी सल्लाको दियालो अर्थात् झरो बाल्न बाध्य छन् । साथै अन्धकारमा बस्न पनि बाध्य भएका छन् । यसले जिल्लाकै प्रतिष्ठामा प्रश्न उठाएको छ । यो निकै सोचनिय पक्ष भए पनि राजनीतिक दलका स्थानीय कार्यकर्ताहरुको खिचातानी र जस लिने दाउको शिकार भएको स्थानीयबासीहरुको बुझाई रहेको छ । स्थानीयवासी यस आयोजनाका समस्याहरुमाथि माथिबाटै ध्यान दिएर समाधान हुनुपर्ने र छिटो बत्ती बाल्न पाउनुपर्ने बताउँछन् । साथै माथिका सरोकारवाला निकायको छिट्टै ध्यान जाओस भन्ने कामना पनि गर्दछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...