News Portal

  • चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    हिना सुवाल / भक्तपुरपोस्ट चागुँनारायण, १ भाद्र
    १७५४ पटक
    चागुँनारायण, १ भाद्र

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बस्ने यसोदा सिजखु भएको प्रहरीको भनाइ छ ।सिजखु बिहान अन्दाजी ९:०० बजे तरकारी लिन भनी डेरा कोठाबाट निस्किएकोमा उक्त मुलसाँगु खोलाको किनारमा भएका बाँसको झ्याङबाट बासको तामा भाचेर बोरामा राखी फर्कनेक्रममा  खोलामा डुबेकी थिइन् । खाेला तर्नेक्रममा चिप्लिएर डुब्दा उनले ज्यान गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।

    ”घटनास्थलबाट हेर्दा खोला तर्नेक्रममा खोलामा बनाएको स्ल्याबमा चिप्लिएर स्ल्याबबाट पानी झर्दा बनेको अन्दाजी ५ फिट गहिरो पानीको तहमा डुब्न गई मृत्यु भएको देखिएको छ ।” डिएसपी गिरीले भने । बिहान करिब ९ बजे भएको घटनाको जानकारी प्रहरीले करिब साढे १० बजे पाएको थियो । सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापा र जगाती वृत्तका डिएसपी चक्रराज जोशी सहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।

    घटना सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...