News Portal

  • कोरोना पोजेटिभ पुष्टि भएपछि सल्लाघारी सिल

    हिना सुवाल / भक्तपुर पोस्ट भक्तपुर, ५ भदौं
    ४०२४ पटक
    भक्तपुर, ५ भदौं

    भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड मार्ग सिल गरिएको छ । उक्त स्थानमा एक युवतीमा कोरोना पोजेटिभ पाइएपछि अक्सफोर्ड मार्ग सिल गरिएको हो ।

    भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी स्थित अक्सफोर्ड स्कूलनजिकै कोठा भाडामा बस्ने एक २१ वर्षिया युवतीमा कोरोना पोजेटिभ पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी गराएका हुन् । उनी अबिबाहित रहेको र कोठामा एक्लै बसिरहेको बुझिएको छ । बिहीवार साँझ संक्रमित युवतीलाई खरीपाटी आइसोलेसनमा पठाएपछि जनप्रतिनिधिको रोहबरमा स्थानीय प्रहरी र नगर प्रहरीले उक्त क्षेत्र सिल गरेको थियो ।

    संक्रमित युवती दूरसंचार सेवा प्रदायक एनसेलका लागि काम गर्ने एक आउटसोर्स कम्पनीकी कर्मचारी भएको जानकारी प्राप्त भएको छ । उनलाई कम्पनीले नै स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । आफूमा कुनै लक्षण नभएको जिकिर गर्दै उनले आइसोलेसनमा जान नमानेपछि वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य सूर्यप्रसाद श्रेष्ठ लगायतको पहलमा उनलाई खरिपाटीस्थित आइसोलेसनमा पठाइएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा कोरोना संक्रमणको यो पहिलो केस देखिएको वडाध्यक्ष खत्रीले जनाएका छन् ।

    सच्याइएको : संक्रमित युवती दूरसंचार सेवा प्रदायक एनसेलका लागि काम गर्ने एक आउटसोर्स कम्पनीकी कर्मचारी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । -सम्पादक

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...