News Portal

  • निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, ५ भदौं
    १७४१ पटक
    भक्तपुर, ५ भदौं

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ ।

    निषेधाज्ञा समयमा भक्तपुरको नयाँ बाटो छ लेन सडक सुनसान बनेको छ भने पुरानो बाटोमा पनि सवारी साधन चलेका छैनन् । सानोठिमीका सरकारी कार्यालय समेत बन्द भएपछि बाटो सुनसान छ ।

    मध्यपुर नगरपालिकामा धेरै संक्रमण देखिएपछि मानिसहरुले निषेधाज्ञा उल्लङ्घन गर्ने दुस्साहस देखाएका छैनन् ।

    भक्तपुर नगरपालिकाको दरबार क्षेत्र, टौमढी, नासमना, पोटरी स्क्वायर, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयलगायतका सडकहरु पनि सुनसान छन् ।

    दत्तात्रयमा तीजका बेला हुने चहलपहल यसपटक ठप्प छ ।


    सूर्यविनायक र चाँगुनारायणमा पनि बन्दको पूर्ण प्रभाव परेको छ ।

    प्रहरीले निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेको छ भने निषेधाज्ञा उल्लंघन गरी बाहिर निस्केकाहरुलाई केही समयको लागि नियन्त्रण (होल्ड) मा लिएर राख्ने गरेको एसपी तारादेवी थापाको भनाइ छ ।

    कोभिड १९ को बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारको निर्देशन बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि भक्तपुर संगै उपत्यकामा निषेधाज्ञा लागू भएको हो ।


    संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बमोजिम निषेधाज्ञा जारी भएको र त्यसको उल्लङ्घन गर्ने जो कोही कारवाहीको भागीदार हुने भक्तपुर सिडिओ हुमकला पाण्डेको भनाइ छ ।

    खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवालाई भने अत्यावश्यक सेवा मानि संचालनमा रोक लगाइएको छैन ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...