News Portal

  • खाद्यान,तरकारी लगायतका बस्तु बिहान सवा ९ भित्र खरिदबिक्री गरिसक्नु : जिप्रका

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ भदौ
    १०५६ पटक
    bhaktapur cdoभक्तपुर, ८ भदौ

    भक्तपुरमा एक साताको लागि जारी गरिएको निषेधाज्ञा पाचौं दिनमा पुगेको छ । पाचौंदिनसम्म आइपुग्दा निषेधाज्ञाको पूर्व प्रभाव परेको देखिन्छ ।

    बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा जारी गरेकी हुन् । कोभिड१९ रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा भनी तोकिएका बाहेक कार्यालय, व्यवसाय र सवारी साधन समेत संचालन गर्न बन्देज गरिएको छ । खाद्यान्न आपूर्ती, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवालाई भने अत्यावश्यक सेवा मानि संचालनमा रोक लगाइएको छैन ।

    प्रजिअ पाण्डेले अत्यावस्यक सेवामा बन्देज गरिएको नभएता पनि अत्यावस्यक कार्य गर्ने बहानामा अनावस्यक रुपले बाहिर निस्कन र व्यवसाय गर्न नपाइनेमा जोड दिएकी छन । आइतवार सूचना नै जारी गर्दै जिप्रकाले खाद्यान,तरकारी, मासु र दुग्धजन्य पदार्थ एवं ग्यास लगायतका अत्यावस्यक सामानहरु बिहान सवा ९ बजे भित्र खरिद बिक्री गरिसक्नुपर्ने बताएको छ । बेलुकी मानिसहरु किनमेलका लागि निस्कने कुरालाई निरुत्साहित गर्दै यस्तो सूचना आएको हो ।

    अत्यावस्यक सेवामा पर्ने खाद्यान्न, तरकारी लगायतको कारोबारमा रोक नलगाइएको भएपनि जिप्रकाले त्यसका लागि बिहान सवा ९ बजेसम्मको समयसीमा तोकीदिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो भएकोले अनावश्यक घर बाहिर ननिस्कन र स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन आह्वान समेत गरिएको छ ।

    औषधी, पानी र स्वास्थ्य सम्बन्धी सेवा प्रवाहको लागि भने बन्देज नगरिएको र २४ घण्टा खुला राख्न सकिने बताइएको छ ।

    संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बमोजिम निषेधाज्ञा जारी भएको र त्यसको उल्लङ्घन गर्ने जो कोही कारवाहीको भागीदार हुने प्रजिअ पाण्डेले प्रष्ट पारिन् । प्रजिअ पाण्डेले निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहीलाई कारवाही गर्ने भन्दै सो सम्बन्धी सूचना भए आफूलाई प्रत्यक्ष टेलिफोन अथवा इमेलमार्फत सुचित गर्न भक्तपुर पोस्ट मार्फत आह्वान समेत गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...