News Portal

  • गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १० भदाैं
    ११५८ पटक
    भक्तपुर, १० भदाैं

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो ।

    उपत्यकाको तीनै वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको आदेशद्वारा निषेधाज्ञाको अवधी थपिएको छ । गत साता १७ बुँदे निषेधाज्ञा जारी गरेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज २० बुँदे निषेधाज्ञा जारी गर्दै एकसाताको अवधी थप गरेकी हुन् ।

    आज बुधबार राती १२ बजेदेखि भदौ १७ गते राती १२ बजेसम्म एकसाताको लागि निषेधाज्ञा लागू हुने उनको आदेशमा उल्लेख छ ।

    संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बमोजिम निषेधाज्ञा जारी भएको र त्यसको उल्लङ्घन गर्ने जो कोही कारवाहीको भागीदार हुने प्रजिअ पाण्डेले भनेकी छन् ।

    राती १२ बजे देखि एकसाता अत्यावश्यक सेवा भनी तोकिएका बाहेक कार्यालय, व्यवसाय र सवारी साधन समेत संचालन गर्न पाइँने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवालाई भने अत्यावश्यक सेवा मानि संचालनमा रोक लगाइएको छैन ।अत्यावश्यक बस्तु खरिद्बिक्रीका लागि भने बिहान सवा ९  बजेसम्मको समय तोकिएको छ ।

     हेर्नुस् २० बुँदे निषेधाज्ञा 

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...