News Portal

  • महानगरका मेयर शाक्यसँग प्रत्यक्ष सम्पर्कमा रहेका मध्यपुर थिमिका मेयरमा कोरोना नेगेटिभ

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, १६ भदौ
    १३०३ पटक
    मध्यपुर थिमि, १६ भदौ

    उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त फोरमका सचिव समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले समेत आफ्नो स्वाब परिक्षण गराएका छन् । उनको पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ पाईएको छ ।

    उपत्यका नगरपालिका फोरमका सचिव समेत रहेका मेयर श्रेष्ठ महानगरका मेयर शाक्यसंग प्रत्यक्ष सम्पर्कमा रहेका थिए । उक्त फोरमले आयोजना गर्ने बैठक लगायत कोरोना रोकथाम र नियन्त्रणको रणनीति बनाउन कयौं पटक उनीहरु संगै बसेका थिए । सोमबार मेयर शाक्यलाइ कोरोना संक्रमण भएकाे पुष्टि भएपछि मध्यपुरका मेयर श्रेष्ठले पनि कोरोना परिक्षण गराएका हुन् ।

    कोरोना परिक्षण गर्न आफ्ना शुभचिन्तकहरुले सुझाव दिए पछि आफूले परिक्षण गराएको र रिपोर्टमा कोरोना नेगेटिभ देखिएको मेयर श्रेष्ठले जानकारी दिए । नगरपालिकाद्वारा नै संचालित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा स्वाब परिक्षण गर्दा उनको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ पाइएको हो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...