News Portal

  • कोरोना संक्रमणबाट नेपालमा पत्रकारको मृत्यु

    भक्तपुरपोस्ट सवादंदाता
    ८३५ पटक

    बुटवल, २३ भदौ । कोरोना संक्रमण भएर नेपालमा पहिलो पत्रकारको निधन भएको छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हो ।

    स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुको सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको र उनी पत्रकार रहेको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले कोरोनाबाट मृत्यु हुने पत्रकार कपिलवस्तुमा तीन दशकदेखि पत्रकारिता गरेका स्थापित पत्रकार भएको जानकारी दिए । साथै उनले मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या पनि रहेको जानकारी दिए ।

    स्रोतका अनुसार मृतक पत्रकारका छोरामा कोरोना संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसिरहेका थिए । यसैक्रममा उनको ६२ वर्षीय ती पत्रकारको मृत्यु भएको हो । मृत्युपश्चात त्यहीभएर उनमा पनि कोरोना संक्रमणको आशंका लागेर उनको स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । परिक्षण उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन । उनका दुई छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...