News Portal

  • खाली ग्यास सिलिण्डरको मूल्य रू २१ सय तोकियो

    भक्तपुरपोस्ट संवाददाता
    १०८६ पटक

    भक्तपुर, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार खाना पकाउने ग्यासको मूल्य ताकेको छ । संघले खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ ।

    बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरको धरौटीवापतको रकम २१ तोकेको हो । अब बाग्मती प्रदेशभित्र जुनसुकै कम्पनीको ग्याससहितको नयाँ सिलिन्डर किन्दा कुल रकम ३ हजार ४७५ रुपैयाँ तिर्नुपर्नेछ । यसमा १ हजार ३७५ रूपैयाँ ग्यासको र २१ सय रूपैयाँ सिलिन्डरको तिर्नुपर्नेछ ।

    यसअघि बजारमा कम्पनीअनुसार नयाँ वा खाली सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएको गुनासो बढेपछि मूल्य नियन्त्रण र एकरूपता कायम गर्न उक्त निर्णय गरिएको संघको भनाइ छ । यसअघि उपभोक्ताले ४ हजारभन्दा माथि ४५ सयसम्म नयाँ सिलिन्डरको मूल्य तिर्न बाध्य थिए ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...