News Portal

  • विद्युत् सेवा सञ्चालन नहुँदा तनहुका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य

    १४६१ पटक

    तनहुँ, २ असोज । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

    विद्युत् नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । सदरमुकाम दमौलीदेखि करिब १५ किलोमिटर दूरीमा रहेका व्यास नगरपालिका–१४ मास्दीघाट क्षेत्रका ५० घरधुरीमा विद्युत् पु¥याउन पोल गाडिएको भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण तार झुण्डयाउने कार्य अघि बढाउन नसकिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गत मङ्सिर महिनामा पोल गाडेर असार मसान्तसम्म विद्युत् जडान सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि मुलुकमा जारी बन्दाबन्दीका कारण काम रोकिएकाले विद्युत् पु¥याउन सकिएको छैन ।”

    मास्दीघाट आसपासका बजार क्षेत्रमा नौ वटा सोलार बत्ती जडान गरेर उज्यालो बनाइए पनि अन्य क्षेत्रका बासिन्दा अन्धकारमय जीवन बिताउँदै आएको उहाँको भनाइ छ ।

    त्यसैगरी, बन्दीपुर गाउँपालिका–६ का खहरे, थुमथुमे र ढाब लगायतका बासिन्दा पनि वर्षैदेखि अन्धकारमा बस्न बाध्य छन् । दमौली हुँदै चितवन जोडिने बुद्धसिंमार्ग नजिक बसोबास गर्दै आएका बासिन्दाको घरमा बत्ती जडान कार्य नभपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।

    उक्त क्षेत्रमा पनि विद्युत् पोल गाडिएको तर तार झुण्डयाउने कार्य बाँकी रहेकाले विद्युत् पु¥याउन नसकिएको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताउनुभयो । उहाँले अब छिट्टै तार झुण्डयाउने कार्य अगाडि बढाउने बताउनुभयो ।

    तनहुँ जलविद्युत् आयोजनाले उक्त क्षेत्रमा विद्युत् जडानको जिम्मा पाएको र ठेक्का प्रक्रिया समेत पूरा भइसकेकाले छिट्टै काम शुरु हुने विश्वास गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाको छ ।

    “बन्दाबन्दीका कारणले पनि काममा ढिलाइ भएको हुन सक्छ ।” उहाँले भन्नुभयो, चालु आर्थिक वर्ष भित्रै बत्ती बाल्ने गरी काम गर्न आयोजनासँग पटक पटक आग्रह गर्दै आएका छौं । उक्त क्षेत्रमा विद्युत् सेवा पु¥याउन सकिए गाउँपालिकालाई अन्धकारमुक्त पालिका घोषणा गर्न सकिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...