News Portal

  • भक्तपुरमा ७४ जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या १५ सय पुग्याे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ असोज
    ९२६ पटक
    भक्तपुर, ५ असोज

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ७४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिदा भक्तपुरमा ७४ जना थपिएका हुन् ।

    यो संगै भक्तपुरमा कूल संक्रमितको संख्या करिब १५ सय पुगेकाे छ । जसमध्ये सबैभन्दा बढी संक्रमित मध्यपुर थिमी नगरपालिका भित्र रहेका छन् । हालसम्म मध्यपुरमा मात्र झन्डै ७ सयको संख्यामा संक्रमित भएका छन् । भक्तपुरभरी अझैपनि साढे ८ सय सक्रिय संक्रमित रहेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जनाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार भक्तपुरमा ७४ ललितपुरका ६२ र काठमाडौंमा ५३८ गरी सोमबार ६७४ जनामा संक्रमण पुष्टि भएको छ। यो संगै काठमाडौंमा १४ हजार, ललितपुरमा १६ सय बढीमा संक्रमण पुष्टि भएको छ । सानो जिल्ला भएपनि भक्तपुरमा ललितपुरकै हाराहारीमा संक्रमित देखिएका छन् ।

    आज थपिएका सहित काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ भने सोमबार देशभर १ हजार १ सय ५४ जना संक्रमित थपिदा कूल संक्रमित संख्या ६५ हजार २ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज देशभर १० कोरोना संक्रमितको मृत्यु हुँदा काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।मृत्यु हुनेमा भक्तपुरका ८४ र ६२ वर्षिय बिरामी पनि छन् ।

    हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार बढी मानिसहरु होम आइसोलेसनमा बसेका छन्।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...