News Portal

  • पहिले भ्याइ नभ्याइ, अहिले फुर्सदै फुर्सद

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ५ असोज
    १०३४ पटक
    भक्तपुर, ५ असोज

    भक्तपुर । भक्तपुरका कुमालेहरुलाई अहिले फुर्सदै फुर्सद भएको छ । कुनै बेला माटोका भाडाहरु बनाउन भ्याइनभ्याइ हुने कुमालेलाई अहिले यो कोरोना कहरले फुर्सदिलो बनाइदिएको हो ।

    हुन त अहिले प्राय सबै व्यवसायीलाई नै फुर्सद छ । त्यससंगै अरुबेला सधै व्यस्त देखिने कुमालेहरु पनि फुर्सदिला बनेका छन् । यस समयमा युवाहरु भने मोबाइलहरु चलाएर आफ्नो दिन काटिरहेका छन् । तर, मोबाइलमा अभ्यस्त नभएका बुढापाकाहरुलाई भने समय काट्न मुस्किल छ । उनीहरु अचेल बिना काम बस्नुपर्दा एकदमै अल्छी लागेको बताउँछन् ।

    ७६ वर्षीय गणेशभक्त प्रजापति भन्छन्, भएको सबै काम गरिसके, दिन बिताउन नै गाह्रो भइसकेको छ । प्रजापति भक्तपुरका तालाको (पोर्टरी स्क्वार) को स्थानीय बासिन्दा हुन् । उनको पुर्खौली काम माटाका भाडाहरु बनाउने हो । आफूले जानेदेखि यही काम गर्दै आएको उनले यही कामलाई अहिलेसम्म पनि निरन्तरता दिदैं आइरहेका छन् ।

    गणेशभक्त प्रजापति मात्र होइन, उनका छिमेकी गणेशकुमार प्रजापतिको हालत पनि त्यस्तै रहेको छ । उनले पनि आफूलाई अहिलेसम्म अर्डर आएका सबै माटाका भाडा बनाएर सकिएको जानकारी दिए । त्यसमा उनी फेरि थप्छन्, सामान त सबै बनाइसक्यौ तर अहिले सम्म साहूहरु लिन आएको छैन । “साहूहरुले पसल खोल्न नपाएको झण्डै ६ महिना भइसकेको छ, सामान सबै स्टक रहेको छ । खोलेपछि लिन आउछु भनेका छन् ।” प्रजापतिले भने ।

    पोर्टरी स्क्वारमा बनाइएका माटाका भाडाहरु हेर्न देश विदेशबाट आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् ।  पर्यटकहरुले ती सामान खरिद गर्नुका साथै ठूलाे मात्रामा अर्डर पनि दिने गर्दछन् ।  माटाका भाडाहरु बनाउन कुमालेहरुले माटो भने हरिसिद्धि, थिमिबाट लिएर आउने गर्दछन् ।

    यस कोरोनाको कारण कुमालेहरुको व्यवसाय ठप्प भएसंगै आम्दानी पनि सुकेको छ । पर्यटन व्यवसाय संग प्रत्यक्ष जोडिएको उनीहरुको व्यवसाय सुचारु हुने समय अझै अनिश्चित छ । अनिश्चयका बीच पनि पुरानै लयमा फर्कने बिस्वासमा समय बिताउनुको उनीहरु संग अर्को कुनै बिकल्प देखिदैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...