News Portal

  • भक्तपुर अस्पतालका अध्यक्ष सुवाल कोरोना मुक्त

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ८ असाेज
    १६२१ पटक
    भक्तपुर, ८ असाेज

    भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरस मुक्त भएका छन् । अस्पताल भर्ना भएको एक सातामै उनले भाइरस माथि विजय प्राप्त गरेका हुन् ।

    बागमती प्रदेश द्वारा संचालित धुलिखेलस्थित जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ पुष्टि भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । पैतालिस वर्षीय सुवालमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने र पखाला लाग्ने लगायत लक्षण पाइएपछि उनले स्वाब परीक्षण गराएका थिए । रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनी गत साता भक्तपुर अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत रहेका थिए ।

    भक्तपुर अस्पतालद्वारा संचालित दुधपाटीस्थित आइसोलेसनमा भर्ना भएका सुवालको उपचारमा डाक्टर सुनिल ढुंगेल लगायतको चिकित्सक टोली संलग्न रहेका थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त तथा साथिभाइको हैासलाले कोभिड १९ माथि विजय प्रात भएको भन्दै सुवालले सबैप्रति आभार प्रकट गरेका छन् । भक्तपुर पोस्टसंग कुरा गर्दै नेकपाका नेता समेत रहेका अस्पतालका अध्यक्ष सुवालले कोरोना भाइरस केहि होइन भनेर हेलचेक्राइ नगर्न पनि आम जनसमुदायमा अपिल गरेका छन् ।

    आफूलाई कोरोनाको लक्षण देखिएको र त्यसको पिडाको भुक्तभोगी भएको भन्दै उनले कमजोर रोगप्रतिरोधी क्षमता भएका संक्रमितलाई यसले असाध्यै पिडा दिने अनुभव व्यक्त गरे । ” लक्षण नदेखिने बिरामीलाई खासै केहि नभए पनि लक्षण भएका बिरामीलाई असाध्यै गाह्रो हुनेरहेछ । कोरोनाले लडाएर अस्पताल पुर्याएपछि मैले पनि त्यो गाह्रोको अनुभव गर्नुपर्यो ।” भक्तपुर पोस्ट संग अध्यक्ष सुवालले आफ्नो अनुभव सुनाए ।

    भक्तपुर नगरपालिका वडा नम्बर ६ चोंछें घर भएका सुवालको परिवारमा पनि कोरोना भाइरस संक्रमण सरेको पाइएको छ । उनले आफना कारण आफ्नो ७६ वर्षीय बुबा र १३ वर्षीय छोरामा संक्रमण पुष्टि भएको भन्दै दुख व्यक्त गरेका छन् । कन्ट्याक्ट ट्रेसिंग गरी कोरोना परीक्षण गर्दा उनका बुबा र छोरामा कोरोना पाेजेटिभ पुष्टि भएपछि उनीहरु भक्तपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अध्यक्ष सुवाल डिस्चार्ज भएकै दिन उनका बुबा र छोरा अस्पताल भर्ना भएका हुन् । अस्पतालले हजुरबुबा र नातीलाई एउटै कोठामा राखी उपचार गरिरहेको मेसु डा सुमित्रा गाैतमले जानकारी गराइन् ।

    अध्यक्ष सुवाल भक्तपुर अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने देखि दुधपाटी र खरीपाटीमा अस्पतालको आइसोलेसन सेन्टर संचालन र व्यवस्थापनको लागि अहोरात्र खटेका थिए । उनकै पहलमा बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई सघन उपचार कक्ष(आइसीयु) संचालनमा सहयोग गरेपछि स्थापनाको एक शताब्दीपछि भक्तपुर अस्पताल आइसीयुयुक्त भएको छ । सोहीक्रममा उनमा संक्रमण पुष्टि भएको थियो । उनी संक्रमण मुक्त भएकै दिन कन्ट्याक्ट ट्रेसिंगको रिपोर्टमा उनका ७६ वर्षीय बुबा र १३ वर्षीय छोरामा संक्रमण पुष्टि भएको छ । यसले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु उच्च जोखिममा रहेको देखाएको छ । यस अघि पनि चोछेंमै सुवालको छिमेकी रहेका भक्तपुर अस्पतालमा काम गर्ने नर्सका परिवार र सिद्धिस्मृतीमा काम गर्ने एक रेडियोग्राफरको पुरै परिवार कोरोना संक्रमित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...