News Portal

  • कोरोनाको त्रासमा सुत्केरीको कथाः आइसोलेसनमै जन्मियो बच्चा

    ५६० पटक

    ओखलढुंगा, ११ असोज । आफ्नो पहिलो सन्तानले धर्तीमा पहिलो पाइला टेक्ने मिति कुरेर बस्नुभएको थियो सुनकासी गाउँपालिका–५ की माया श्रेष्ठ । मायाका श्रीमान् बिर्ज तामाङ जिल्ला समन्वय समिति ओखलढुंगाको सवारी चालकको जागिरे हुनुहुन्छ । त्यसैले माया पनि श्रीमान्सँगै जिल्ला समन्वय समिति ओखलढुंगाको क्वाटरमा बस्नुहुन्थ्यो ।

    मायाको गर्भमा नौ महिनाको शिशु हुर्किरहेको थियो । डाक्टरले असोज २ गते बच्चा जन्मिने समय तोकेकोे थियो । मायाका दम्पती सुत्केरीका लागि भदौ २९ गते नै नजिकैको सामुदायिक मिसन अस्पताल जाने तयारीमा थिए । पहिलो सन्तान भएकाले सुरक्षित सु्त्केरीका लागि पूर्णरूपमा तयारी गरेका थिए माया र बिर्जका जोडीले । समय बित्दै गयो मायाको अस्पताल जाने दिन पनि नजिकिँदै थियो । कोरोनाको त्रास ओखलढुंगामा पनि निकै बढिसकेको थियो ।

    जिल्लामा कोरोना संक्रमितको संख्या बढ्यो कि बढेन भनेर सामाजिक सञ्जालमा आएका समाचारमा ध्यान जान्थ्यो मायाको । किनकि श्रीमान् बिर्ज तामाङ काम गर्ने कार्यालय मानिसको धेरै आउ–जाउ हुने कार्यालय थियो । बिर्ज जिल्लाका भीआईपीलाई गाडीमा बोकेर विभिन्न कार्यक्रममा जाने–आउने गर्नुहुन्थ्यो । केही गरी श्रीमान्लाई कोरोना पोजेटिभ देखिएमा आफूलाई पनि सर्ने र त्यसको असर गर्भमा रहेको बच्चालाई पर्न सक्छ भन्ने चिन्ता थियो मायालाई ।

    जीवनमा कहिलेकाहीं नहोस् भनेको कुरा नै भोग्नुपर्छ भने जस्तै भयो मायालाई । भदौ २३ गते मायाका श्रीमान् काम गर्ने कार्यालयको प्रमुख, जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुखलगायत ९ जनामा कोरोना संक्रमण भएको पुष्टि शीर्षकमा लेखिएको समाचार सामाजिक सञ्जालभरि भेटिए । त्यसबखत आफू निकै अत्तालिएको कुरा मायाले कुराकानीको क्रममा बताउनुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका उच्च तहका ९ जनामा कोरोना संक्रमण भएको भोलिपल्ट अर्थात् भदौ २४ गते संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन ग¥यो । त्यसै गरी मायाका दम्पतीले पनि आफूलाई कोरोना संक्रमण भए÷नभएको तथ्य थाहा पाउनका लागि स्वाब परीक्षणका लागि संकलन गराए । सुत्केरी कस्तो होला भन्ने चिन्ता त थियो नै उता कोरोनाको रिपोर्ट कस्तो आउला भन्ने पिरलो थपिएको थियो मायाको दम्पतीलाई । यत्तिकैमा भदौ २८ गते जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले मायाको दम्पतीलगायत १८ जनामा कोरोना पुष्टि भएको तथ्याङ्क सार्वजनिक ग¥यो ।

    आफूलगायत श्रीमान्लाई कोरोना भएको थाहा पाएर आफू निकै अत्तालिएको मायाले बताउनुभयो । श्रीमान्ले कोरोना लाग्दैमा केही नहुने बरु गर्भमा रहेको बच्चालाई कोरोना संक्रमण हुन नदिन सजकता अपनाउनुपर्छ भनेर सम्झाएकाले विस्तारै आफू सम्हालिएको मायाले बताउनुभयो ।

    यसै क्रममा जिल्ला स्वास्थ्य कार्यालयले कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ जनालाई नजिकैको सामुदायिक मिसन अस्पताल सोब्रु र गर्भवती अवस्थामा रहेकी माया श्रेष्ठसहित बाँकी रहेका १० जनालाई जिल्ला अस्पताल रुम्जाटार लैजाने तयारी भइरहेको थियो । आफूलाई रुम्जाटार अस्पताल जाने मन पटक्कै नभएको मायाले बताउनुभयो । आफू गर्भवती त्यसैमाथि अप्ठ्यारो बाटो अझ मिसन अस्पताल सोब्रुको भन्दा जिल्ला अस्पताल रुम्जाटारको व्यवस्थापन राम्रो छ भन्ने सुनेका कारण जान नचाहेको मायाले बताउनुभयो । ‘मलाई रुम्जाटार अस्पताल नलानु सोब्रुमै राख्ने व्यवस्था मिलाउनु भनेर कत्तिलाई हारगुहार गरें तर मेरो मर्का कसैले बुझेनन् ।’ –गहभरि आँसु पार्दै काखमा दुधे बालक च्यापेकी श्रेष्ठले दुखेसो पोख्नुभयो ।

    रुम्जाटार अस्पताल नै लैजाने भएपछि बेलुका नगएर भोलिपल्ट २९ गते बिहान जाने निधो गरेर आफूहरू क्वाटरमै बसेको माया दम्पती बताउँछन् । बेलुकीको खाना खाइसकेर भोलिपल्ट आइसोलेसनमा जाने तयारी गरेर सुतेकी मायालाई राति ११ बजे एक्कासि व्यथाले च्यापेकाले आफैले गाडी चलाएर मिसन अस्पताल पु¥याएको र राति १ बजे बच्चा (छोरा) जन्मिएको मायाका श्रीमान्ले बताउनुभयो । अस्पताल बसाइको क्रममा अस्तालका सम्पूर्ण स्वास्थ्यकर्मीको राम्रो साथ पाएको र आफूहरू दुवै जनालाई कोरोना संक्रमण भएका कारण बच्चामा संक्रमण नहोस् भनेर निकै सजकता अपनाएको पनि उनीहरू बताउँछन् । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...