News Portal

  • पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिए, देशभर १ हजार ३ सय ५१ संक्रमित

    भक्तपुरपोस्ट संवाददाता
    १२२७ पटक

    भक्तपुर, १२ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, काठमाडौमा ६४९ र ललितपुरमा १३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा आजमात्रै ८१७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै देशभर भने एक हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

    २४ घण्टामा गरिएको १० हजार ८० पीसीआर परीक्षणमध्ये एक हजार तीनसय ५१ जना नयाँ सक्रिय संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएको हो ।

    यस्तै देशभरमा ७४२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने हालसममा जम्मा ५४ हजार ६४० जनाले कोरोना जितेका छन् ।

    मन्त्रालयका अनुसार देशभर ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

    यस्तै, होम आइसोलेसनमा १० हजार ९२९ जना बसेका छन् भने क्वारेन्टाइनमा देशभर ६ हजार ३१० जना बसेका छन्। गत २४ घण्टाको तथ्यांक हेर्दा २२५ जना आईसियूमा बसेका छन् भने, ३१ जना भेन्टिलेटरमा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...