News Portal

  • भक्तपुर प्रहरीलाई अर्को सफलता : लुटेराहरु रातोपाटीबाट ३ घन्टामै पक्राउ

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १३ साउन
    २५०९ पटक
    भक्तपुर, १३ साउन
    भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका युवकहरु अन्तत ३ घण्टा नबित्तै प्रहरीको फन्दामा परे ।

    भक्तपुर १० कमलविनायकस्थित बसपार्कबाट दोलखा घर भई हाल सुर्यबिनायक बस्ने एक व्यक्तिलाई डलर देखाई सस्तोमा साटी दिन्छु भनि नेपाली ५ लाख रुपैंया लुटी फरार भएका युवकहरु चाँगुनारायण न.पा. ८, रातोपाटीबाट उम्कन पाएनन् ।

    ब्यापक सर्च अभियानमा रहेको प्रहरी टोलीले उक्त लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । लुटपाटको सूचना प्राप्त हुना साथ महानगरीय प्रहरी परिसर, भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिन सफल भएको परिसरका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल चारदोबाटोमा डेरा गरी बस्ने वर्ष २३ को विमल भण्डारी र वर्ष२१ को निर्मल भण्डारी रहेका प्रहरी निरीक्षक बुढाथोकीले जनाएका छन् । उनीहरुलाई आजै विहान करिब १० बजेको समयमा चाँगुनारायण ८, रातोपाटीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    उनीहरुको साथ् बाट प्रहरीले नेपाली रुपैंया – ३,३१,०००।– (तिन लाख एकतिस हजार),बिभिन्न कम्पनीका मोबाईल – २ थान, मोटरसाइकल – १ थान (२२० सि.सि.को पल्सर ) ,पर्स – २ थान र विभिन्न देशको डलर – ८ थान (अमेरिकी डलर समेत रहेको ) बरामद गरिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

    यस अघि गत बिहीवार मात्र प्रहरीले बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा मध्यपुर थिमि बाट पाँच जना पक्राउ गरेको थियो । उनीहरु पक्राउ परे संगै प्रहरीले डलर देखाई पैसा लुट्ने लुटेराको गुथ्थी समाधान भएको बिस्वास लिएको थियो । उक्त घटनाको ४ दिन नबित्तै भएको आजको घटनाम पनि सिन्धुपाल्चोक बाह्रबिसेकै युवकहरु संलग्न हुनुले यस प्रकृतीको घटनामा बिगत लामो समय देखि एउटै समूह सक्रिय रहेको प्रहरीको आशंका रहेको छ ।

    भक्तपुरमा साउन यता मात्र सस्तोमा डलर साटी दिने बहानामा पैसा लुटपाटका छ वटा घटना भएका छन् जसमा करिब ३० लाख रकम लुटिएको छ । पछिल्लो २ घटनामा संलग्न हरु पक्राउ परेसंगै प्रहरी सक्रियतालाई लिएर मानिसहरुले प्रहरी प्रशासनको प्रशंसा गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...