News Portal

  • प्रदेश सभा सदस्य शशिजंग थापा काेराेना संक्रमित,प्रत्यक्ष सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १७ असाेज
    ९२० पटक
    सूर्यविनायक, १७ असाेज

    प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ४ सदस्य सहित ठूलो संख्यामा बालुवाटारका सुरक्षाकर्मी र नेपाली काँग्रेसका केहि केन्द्रीय सदस्य समेतलाई कोरोना पुष्टि भएको दिन भक्तपुरका एक प्रदेश सांसदमा पनि संक्रमण पुष्टि भएको छ ।

    बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड – १९) बाट भक्तपुरका प्रदेश सभा सदस्य शशिजंग थापा पनि संक्रमित भएका हुन् । संक्रमणबाट जोगिन खोज्दा खोज्दै पनि आफूलाई संक्रमण भएको थापाले बताए । उनी भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २(क) सूर्यविनायक क्षेत्रबाट बागमती प्रदेशका लागि प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

    केही दिनदेखि हल्का ज्वरोको महसुस भएपछि उनले असोज १२ गते कोभिड परिक्षण गराएका थिए । उक्त रिपोर्टमा कोरोना नेगेटिभ आएको भएता पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । ज्वरो नियन्त्रणमा नआएपछि पुन: आज शनिबार उनले पिसिआर टेस्ट गराएका थिए । शनिवारको पिसिआर रिपोर्टमा भने कोरोना पोजेटिभ पाइएको सांसद थापाले पुष्टि गरे । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

    आफू सजग र सचेत हुँदाहुँदै पनि कहाँ र कोबाट संक्रमण सरेको भन्ने थाहा नभएको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सतर्क हुन र स्वास्थ्यमा कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...