News Portal

  • कोरोना संक्रमित सुत्केरीको उपचारका क्रममा मृत्यु

    भक्तपुपोस्ट संवाददाता
    १०८० पटक

    कञ्चनपुर, १८ असोज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा एक सुत्केरीको मृत्यु भएको छ ।

    कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएपछि रक्तश्राव बढी हुँदा उपचारका लागि नेपालगन्ज ल्याइएकी महिलाको आइतबार बिहान कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार महेन्द्रनगर नगरपालिका २ की २९ वर्षीया महिलाको आइतबार बिहान ४स् ३० बजे मृत्यु भएको हो ।

    बच्चा जन्मिएपछि रक्तश्राव नरोकिदा उनको पाठेघरको अपरेशन गर्नु परेको थियो । उनलाई असोज १३ गते संक्रमण पुष्टि भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...