News Portal

  • कांग्रेस भक्तपुरका सभापति थापालाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता
    ११९८ पटक

    भक्तपुर, २३ असोज ।

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ ।

    सभापति थापाका बुबा डा. रामबहादुर थापाको शुक्रबार बिहान निधन भएको हाे । ७९ वर्षको उमेरमा उनले देहत्याग गरेका हुन् ।

    उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । उपचारका क्रममा शुक्रबार बिहान ठिमीस्थित मध्यपुर अस्पतालमा उनको निधन भएको कांग्रेस नेता एवं मध्यपुर अस्पतालका प्रमुख विष्णु कार्कीले जानकारी दिए । कार्कीका अनुसार बिहानै डा थापाको पार्थिव शरीर पशुपतिको आर्यघाट पुर्याई अन्तिम सस्कार सम्पन्न गरिएको छ ।

    दिवंगत थापाका श्रीमती, ३ छोरा र १ छोरी छन् । सभापति थापा माहिला छोरा हुन् भने जेठो सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक दुर्दम थापा र कान्छा सिनामंगलस्थित नासा कलेजका सस्थापक अध्यक्ष प्रकाश थापा हुन् ।  छोरी सकुन्तला तथा ३ छोरा सबै नै सूर्यविनायक नगरपालिकास्थित सल्लाघारीमा छुट्टाछट्टै  बस्दै आएका छन्  ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...