भक्तपुर, २३ असोज ।
नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ ।
सभापति थापाका बुबा डा. रामबहादुर थापाको शुक्रबार बिहान निधन भएको हाे । ७९ वर्षको उमेरमा उनले देहत्याग गरेका हुन् ।
उनी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । उपचारका क्रममा शुक्रबार बिहान ठिमीस्थित मध्यपुर अस्पतालमा उनको निधन भएको कांग्रेस नेता एवं मध्यपुर अस्पतालका प्रमुख विष्णु कार्कीले जानकारी दिए । कार्कीका अनुसार बिहानै डा थापाको पार्थिव शरीर पशुपतिको आर्यघाट पुर्याई अन्तिम सस्कार सम्पन्न गरिएको छ ।
दिवंगत थापाका श्रीमती, ३ छोरा र १ छोरी छन् । सभापति थापा माहिला छोरा हुन् भने जेठो सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक दुर्दम थापा र कान्छा सिनामंगलस्थित नासा कलेजका सस्थापक अध्यक्ष प्रकाश थापा हुन् । छोरी सकुन्तला तथा ३ छोरा सबै नै सूर्यविनायक नगरपालिकास्थित सल्लाघारीमा छुट्टाछट्टै बस्दै आएका छन् ।