News Portal

  • भक्तपुर अस्पतालमा दूरबिनबाट शल्यक्रिया शुरु, काठमाडाैं धाउनुपर्ने अवस्था रहेन

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २८ असोज
    २४४० पटक
    भक्तपुर, २८ असोज

    सर्वसाधारणको पहुँचमा रहेको भक्तपुरको दुधपाटीस्थित सरकारी अस्पताल भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो ।

    बुधवार स्थानीय एक बिरामीको पहिलोपटक दूरबिन बिधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन् । सर्जन डा. रंजीश पहाडीको नेतृत्वमा रहेको टोलीले ल्याप्रोस्कोपी सर्जरी सफलतापूर्वक सम्पन्न गरेको हो ।

    बागमती प्रदेश मातहत रहेको यस अस्पतालको बिकाशमा सामाजिक बिकाश मन्त्री युवराज दुलालले चासो राख्दै बजेट व्यवस्था गरिदिएपछि अस्पतालले शल्यक्रियामा दूरबिन बिधि भित्राएको डा गौतमले जानकारी गराइन् । उनका अनुसार मन्त्री दुलालले मन्त्रालयको अस्पताल गुणस्तर सुधार कार्यक्रम अन्तर्गत रु. १ करोड ३५ लाखको बजेट व्यबस्थापन गरिदिएपछि यो सम्भव भएको हो ।

    नयाँ प्रविधि भएपनि याे जनताको पहुँचमा भएको डा गौतमले जनाएकी छन् । निजी अस्पतालमा १ लाखसम्म पर्ने पित्तथैलीको शल्यक्रिया भक्तपुर अस्पतालमा रु. २० हजारमै हुने उनको भनाइ छ । आधुनिक प्रविधिको स्वास्थ्य सेवाको खोजीमा काठमाडौं पुग्ने भक्तपुरबासीलाई यो सेवाले आकर्षित गर्ने र घर छेउमै रहेको अस्पताल आउन प्रेरित गर्ने डा गौतमले विस्वास व्यक्त गरेकी छन् । वीर र शिक्षण अस्पताल लगायतमा पालो कुरेर बसेकाहरु पनि सेवा लिन भक्तपुर आउन सक्ने उनको अनुमान छ ।

    ल्याप्रोस्कोपी सर्जरी पेटमा स–साना प्वाल बनाई दूरबिनको मद्दतले गरिने शल्यक्रिया हो । ल्याप्रोस्कोपी सर्जरीपछि कम पीडा हुने, उपचारपछि चाँडै डिस्चार्ज गर्न सकिने र तुलनात्मक रूपमा कम संक्रमण हुने बताइन्छ । क्यामरा प्रोजेक्टरबाट उपचार कार्य बाहिर देखाउन मिल्ने हुँदा बिरामीका आफन्तहरूले पनि शल्य प्रक्रियाको प्रत्यक्ष प्रसारण वा भिडियो रेकर्ड हेर्न पाउँछन् भने चिकित्सा शिक्षाका विद्यार्थीलाई पनि यो रेकर्ड उपयोगी हुनसक्छ ।

    उच्च दक्षता चाहिने यो उपचार विधिमा सिकारु डाक्टरहरूले सफलता हासिल गर्न नसक्ने भन्दै अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले ल्याप्रोस्कोपी सर्जरीको सफलता संगै भक्तपुर अस्पतालका चिकित्सकहरु अनुभवी र योग्य रहेको प्रमाणित भएको दावी गरे । अस्पतालको लागि यो एक एतिहासिक सफलताको कुरा भएको उनको भनाइ छ । अध्यक्ष सुवाल र मेसु डा गौतमको सबल नेतृत्वकै कारण ११६ वर्षपछि पहिलोपटक आइसियुसमेत सन्चालनमा ल्याएको भक्तपुर अस्पतालले दूरबिन बाट शल्यक्रिया गर्ने भएसंगै अस्पताल बिकाशका दृष्टिले यो कोशेढुङ्गा सावित हुने पूर्वअध्यक्ष सुरेश न्यौपाने बताउँछन ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...